काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा विराटनगरले १-० को अग्रता बनाएको छ ।
खेलको नवौं मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी छिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
विराटनगर ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।