एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका अट्याकीङ मिडफिल्डर जोआ फेलिक्सलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
एट्लेटिकोले बुधबार फेलिक्सलाई कोरोनाको संक्रमण भएको जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि २१ वर्षीय फेलिक्स घरमै सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ ।
अब पोर्चुगिज मिडफिल्डरले ला लिगा अन्तर्गत सेल्टा भिगोविरुद्धको खेल गुमाउने छन् ।