एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिग लिडर म्यानचेस्टर सिटीले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । सिटी र बर्नलीबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।
बर्नलीविरुद्ध मैदान उत्रदा सिटी सहज जित निकाल्ने योजनामा हुनेछ ।
सिटी जित निकाल्दै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गर्न चाहन्छ ।
लिगको शीर्ष स्थानमा रहेको सिटीले २० खेलमा ४४ अंक जोडेको छ ।
बर्नली २२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
यस्तै साविक विजेता लिभरपुलले ब्राइटनसँग खेल्नेछ ।
लिभरपुलले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ ।
लिभरपुल ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ब्राइटन २१ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
यस्तै लेष्टर सिटीले फुलहमसँग खेल्दा लिड्सले एभर्टनसँग खेल्नेछ ।
एस्टन भिल्ला र वेस्ट ह्यामबीच समेत खेल हुनेछ ।