• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
शर्मिलाको ह्याट्रिक, आर्मीको एक दर्जन गोल
खेलपाटी संवाददाता
बुधबार, माघ २१, २०७७ खेलपाटी संवाददाता
शर्मिलाको ह्याट्रिक, आर्मीको एक दर्जन गोल

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । सपना लामाले दुई गोल गरिन् ।

यस्तै कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक एक गोल गरे ।

प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध आर्मीले तेस्रो मिनेटमै अग्रता बनाएको थियो । कप्तान अन्जलीको पासमा मिडफिल्डर हेमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् ।

छैटौं मिनेटमा स्ट्राइकर शर्मिलाले बिमला चौधरीको पासमा गोल गर्दा आर्मी २-० ले अघि रह्यो ।

खेलको आठौं मिनेटमा शर्मिलाको पासमा कप्तान अन्जलीले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाईन् ।

शर्मिलाले खेलको १२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४-० ले अघि रह्यो ।

खेलको २३ औं मिनेटमा शर्मिलाले ह्याट्रिक पुरा गर्दै आर्मीलाई ५-० को अग्रता दिलाईन् । ह्याट्रिक पुरा गर्ने क्रममा उनले बिमला चौधरीको पासलाई सदुपयोग गरिन् ।

२९ औं मिनेटमा रश्मीको पासमा शर्मिलाले व्यक्तिगत चौंथो गोल गर्दा आर्मीले ६-० को अग्रता बनायो ।

खेलको ३० औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीको अग्रता ७-० को बनाईन् ।

खेलको ३६ औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौ गोल गरेपछि पहिलो हाफमा आर्मी ८-० ले अघि रह्यो ।

दोस्रो हाफमा आर्मीले थप ४ गोल गर्यो ।

खेलको ४८ औं मिनेटमा डिफेन्डर बिमला बिकले गोल गरेपछि आर्मी ९-० ले अघि रह्यो ।

खेलको ८४ औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई १०-० को अग्रता दिलाईन् ।

खेलको ८७ औं मिनेटमा सपनाले गोल गर्दा आर्मी ११-० ले अघि रह्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा सपनाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी १२-० ले विजयी भयो ।

तर, चौदण्डीविरुद्ध आर्मीले पहिलो रोजाईका ५ खेलाडी परिवर्तन गरेको थियो ।

मुख्य प्रशिक्षक राजु तामाङको अनुपस्थितिमा सहायक प्रशिक्षक सुशील श्रीवास्तबले गोलरक्षक बिसका राई, कप्तान अन्जली वाईवा, मोनिका कुश्वार, हेमा चौधरी र सुमित्रा योन्जनलाई पहिलो पटक मौका दिएका थिए ।

आर्मीले दिपा राई, अन्जना राना मगर, इन्दिरा राई, सपना लामा र कबिता धिमाललाई आराम दिएको थियो ।

जितसंगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ ।

चौदण्डीको यो लगातार छैटौं हार हो ।

के भन्छन् प्रशिक्षक ?

चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

आर्मीका सहायक प्रशिक्षक सुशील श्रीवास्तवले जित निकाले पनि बेन्चका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताए ।

'जितका लागि खेल्ने योजना थियो । त्यो पूरा भयो । आज बेन्चलाई खेलायौ तर, सोचे जस्तो राम्रो खेलेनन् । बेन्च टिम पनि राम्रो छ,' उनले भने ।

चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले बल पोजिसन राख्न नसक्दा फराकिलो हार भएको बताए ।

'डिफेन्सको तालमेल नमिल्दा गोल खायौं । मिडफिल्डर र डिफेन्सबीच तालमेल भएन । बल पोजिसन राख्न सकेनौ । हारको मुख्य कारण त्यहि हो,' उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP