काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले चौदण्डीविरुद्ध ८-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा आर्मीकी शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरेकी छिन् । यस्तै कप्तान अन्जली वाइवा, हेमा चौधरी र बिमला चौधरीले एक एक गोल गरे ।
जारी लिगकै सर्वाधिक कमजोर टिम चौदण्डीविरुद्ध आर्मीले पहिलो रोजाईका ५ खेलाडी परिवर्तन गरेको छ ।
आर्मीले दिपा राई, अन्जना राना मगर, इन्दिरा राई, सपना लामा र कबिता धिमाललाई आराम दिएको छ ।
गोलरक्षक बिसका राईसहित कप्तान अन्जली वाईवा, मोनिका कुश्वार, हेमा चौधरी र सुमित्रा योन्जनले पहिलो पटक टिममा परेका छन् ।
आज चौदण्डीविरुद्ध आर्मी सहज जितको खोजीमा हुनेछ ।
आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
आर्मी चौदण्डीलाई हराएर शीर्ष स्थानको एपीएफविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।
चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।
चौदण्डी पहिलो अंकको खोजीमा रहेको छ ।