युनाईटेडका रोजो बोका जुनियर्समा
२०२१ फेब्रुअरी ३, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर मार्कुस रोजो अर्जेन्टिनाको क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् ।
बोका जुनियर्सले डिफेन्डर रोजोलाई अनुबन्धित गरिएको जनाएको छ ।
अर्जेन्टिनाको डिफेन्डर अनुबन्धनको रकम भने खुलाईएको छैन ।
३० वर्षीय डिफेन्डर युनाईटेडको प्लेईङ सेटमा पर्न असफल भएपछि बोका जुनियर्स लागेका हुन् ।
रोजो सन् २०१४ मा युनाईटेड आएका थिए ।
तर, उनले गत वर्षको नोभेम्बरपछि युनाईटेडबाट खेल्ने मौका पाएका थिएनन् ।
युनाईटेडमा ७ वर्ष रहदा उनले १ सय २२ खेलमा २ गोल गरेका थिए ।