एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा दोस्रो डिभिजनको पाडेरवर्नलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अर्को चरणमा पुगेको हो ।
घरेलु मैदानमा इम्री च्यानले छैटौं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
खेलको १६ औं मिनेटमा जाडोन सान्चोको गोलबाट डर्टमण्डले २-० को अग्रता बनायो ।
खेलको ७९ औं मिनेटमा पाहुना टोलीका जुलियनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको इन्जुरी समयमा पाडेरवर्नका प्रिन्स ओसीले गोल गरेपछि खेल २-२ को बराबरी हुँदै अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा अर्लिङ हालाण्ड नायक बने ।
उनले ९५ औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई ३-२ को संघर्षपूर्ण जित दिलाए ।
