साफ च्याम्पियनसिप : भारत फाइनलमा, माल्दिभ्ससंग उपाधिका लागि खेल्ने
बुधबार, भदौ २७, २०७५खेलपाटी संवाददाता

ढाका । साबिकको उपविजेता भारत बंगलादेशमा जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ - १ ले हराएर भारत उपाधि नजिक पुगेको हो ।
बंगबन्धु रंगशालामा भारतलाई जित दिलाउन मानविर सिंहले २ गोल गर्दा सुमित पसाईले एक गोल गरे । पाकिस्तानका मोहमद अलीले एक गोल फर्काए ।
खेलको अन्तिम पाँच मिनेट दुवै टोली १० खेलाडीमा समेटिएको थियो । खेलको ८६ औं मिनेटमा भारतका लाल्लियनजुवला चाङगाटे र पाकिस्तानका मोहसिन अलीले रातो कार्ड पाएका थिए ।
अब भारतले फाइनलमा माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्सले नेपाललाई ३ - ० ले हराएर शनिबार हुने फाइनलमा स्थान पक्का गरिसकेको छ ।








-1761464835584.webp&w=3840&q=75)

-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
