शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

साफ च्याम्पियनसिप : नेपालको लागि सधै माल्दिभ्स तगारो

बुधबार, २७ भाद्र २०७५निशान राई
साफ च्याम्पियनसिप : नेपालको लागि सधै माल्दिभ्स तगारो
Classic Tech Internet Ad

ढाका । साफ च्याम्पियनसिप फुटबलमा नेपाल सधै उपाधि दाबेदार टोली मानिन्छ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप अघि नेपाललाई उपाधि होडको दाबेदार नै मानिएको थियो ।

समूह चरणमा नेपालले आफुलाई उपाधि दाबेदार भएको प्रमाणित समेत गर्यो । समूह चरणको पहिलो खेलमा पाकिस्तानसंग पराजित भएपनि नेपालले लगातार दुई खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्यो । तर, नेपाल पुनः सेमिफाइनलमा चुक्यो ।  अर्थात् नेपाल फाइनल पुग्न सकेन ।

बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३ - ० को फराकिलो अन्तरले पराजित भयो ।  योसंगै उपाधि जित्ने लक्ष्य लिएको नेपाल सेमिफाइनलबाटै घर फर्कन बाध्य भयो । र, नेपालको लागि पुनः माल्दिभ्स बाधक बन्यो । 

साफको सुरुवाती खेल हेर्दा माल्दिभ्स फाइनल पुग्छ भने कमैलाई लागेको थियो । समूह चरणमा एक बराबरी खेल्दै भाग्यमानी बन्दै माल्दिभ्स सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनलमा माल्दिभ्सले समूह चरणको खराब यात्रालाई पूर्णविराम लगाएर फाइनल यात्रा तय गर्यो ।

साफमा नेपालविरुद्ध माल्दिभ्स अपराजित यात्रा कायम राख्न सफल भयो ।  नेपालले माल्दिभ्सविरुद्धको खराब इतिहास कायम राख्यो ।  

बुधबारको खेलसंगै नेपालले साफमा हराउन नसकेको राष्ट्र पुन: माल्दिभ्स नै रह्यो । नेपालले माल्दिभ्स बाहेक अन्य राष्ट्रलाई साफमा हराईसकेको छ ।

नेपाललाई बुधबार माल्दिभ्सविरुद्ध जित निकाल्ने महत्वपूर्ण अवसर थियो । किनकी समूह चरणको प्रदर्शन हेर्दा माल्दिभ्स निकै कमजोरी टोली देखिएको थियो ।

तर, नेपालले माल्दिभ्सविरुद्ध सोचेजस्तो प्रदर्शन गर्न सकेन । माल्दिभ्सको अट्याकिङलाई नेपालले बुझ्न सकेन । आखिर सधै नेपालका लागि माल्दिभ्स किन हुन्छ तगारो ?

'भारतभन्दा माल्दिभ्स केहि हदसम्म बलियो टिम हो । तर, अघिल्लो दुई खेलमा उनीहरुको प्रदर्शन उच्च थिएन,' नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले कमजोरी पहिल्याउदै भने, 'माल्दिभ्ससंग सचेत नहुदा पराजित हुन पर्यो ।'

नेपालले सन् १९९९ को साफमा पहिलोपटक खेलेको थियो । जसमा नेपाल ३ - २ ले पराजित भएको थियो । त्यहिँबाट साफमा सुरु भएको हारको सिरिज बुधबारसम्म कायम राख्यो ।

बुधबारको खेलसंगै साफमा नेपालले माल्दिभ्ससंग ७ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी खेल्दा ५ हार बेहोर्यो ।  समग्रमा पनि नेपाल माल्दिभ्सविरुद्ध जित कम हार बढीको स्थितिमा रहेको छ ।  

नेपालले हालसम्म माल्दिभ्सविरुद्ध १६ खेल खेल्यो । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ८ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २३ गोल खाएको छ ।

 

साफमा माल्दिभ्सविरुद्ध नेपालको प्रदर्शन

सन् १९९९  अप्रिल २७ : नेपाल २ – ३ माल्दिभ्स  (साफ च्याम्पियनसिप )

सन् १९९९ मे १ : नेपाल ० -२ माल्दिभ्स (साफ च्याम्पियनसिप)

सन् २००३ जनवरी १५ : नेपाल २ – ३ माल्दिभ्स (साफ च्याम्पियनसिप)

सन् २००८ जनवरी ५ : नेपाल १ – ४ माल्दिभ्स (साफ च्याम्पियनसिप )

सन् २००९ डिसेम्बर ५ : नेपाल १ – १  माल्दिभ्स (साफ च्याम्पियनसिप )

सन् २०११ डिसेम्बर २ : नेपाल १ – १ माल्दिभ्स (साफ च्याम्पियनसिप )

सन् २०१८ सेप्टेम्बर १२ : नेपाल ० -३ माल्दिभ्स (साफ च्याम्पियनसिप )

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

Bajaj Pulsar Motorcycle Ad
अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी