• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ सेमिफाइनल : नेपालले आज माल्दिभ्ससंग खेल्दै, इतिहास बन्ला त ?
खेलपाटी संवाददाता
बुधबार, भदौ २७, २०७५ खेलपाटी संवाददाता
साफ सेमिफाइनल : नेपालले आज माल्दिभ्ससंग खेल्दै, इतिहास बन्ला त ?

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बुधबार (आज) माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा माल्दिभ्सविरुद्ध मैदान उत्रदै गर्दा नेपाल इतिहास रच्ने योजनामा हुनेछ । नेपाल माल्दिभ्सविरुद्धको खेल जित्दै पहिलोपटक साफको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । चार पटक सेमिफाइनल पुगेपनि नेपालले फाइनल यात्रा तय गर्न सकेको छैन । 

'मेरो टिम, खेलाडीको ध्यान भोलिको सेमिफाइनल खेलमा छ । भोलि सारा नेपालीलाई खुसी दिलाउने छौं,' माल्दिभ्ससंगको खेलअघि राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले भनेका थिए, 'अहिलेसम्म हात पार्न नसकेको सफलता भोली हात पार्नेछौं ।'

समूह चरणको प्रदर्शन हेर्दा खेल नेपालले सहजै जित्ने अनुमान गरिएको छ । नेपाल समूह 'ए' बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, माल्दिभ्सले समूह 'बि' को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

तर, माल्दिभ्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध खराब इतिहास बनाएको छ । नेपालले साफमा हराउन नसकेको राष्ट्र हो माल्दिभ्स । तर, पछिल्लो समय माल्दिभ्सको फुटबल निकै खस्किएको छ । नेपाललाई माल्दिभ्सविरुद्ध जित निकाल्ने मौका यहीँ हुनसक्छ ।

हेड टु हेड कस्तो ?

समग्रमा हेर्दा नेपाल माल्दिभ्सविरुद्ध जित कम हार बढीको स्थितिमा रहेको छ ।

नेपालले हालसम्म साफमा माल्दिभ्ससंग ६ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी खेल्दा ४ हार बेहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खाएको छ ।

नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितबिहिन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । त्यसको लागि नेपालले आफुलाई समेत तयार गरेको छ ।

'धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौं । अब माल्दिभ्ससंग खेल्नु पर्नेछ । माल्दिभ्स राम्रो टिम हो । उनीहरुलाई कमजोर मान्नु हुन्न । उनीहरुको केहि खेलाडी महत्वपूर्ण छन्,' माल्दिभ्ससंगको खेलअघि नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जन भन्छन् , 'माल्दिभ्सको दुई खेल हेरेको छु । त्यहि अनुसार रणनीति बनाएको छु । उनीहरुलाई हराउन मैले २-३ रणनीति तयार बनाएको छु ।'

तर, नेपालले समग्रमा हालसम्म माल्दिभ्सविरुद्ध १५ खेल खेलेको छ । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ७ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २० गोल खाएको छ ।

नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध ४ खेल खेलेको छ । जसमा नेपालले १ जित, २ बराबरी र १ हारको नतिजा निकालेको छ । ढाकामा नेपालले माल्दिभ्सविरुद्ध ७ गोल गर्दा ५ गोल बेहोरेको छ ।

माल्दिभ्सविरुद्ध नेपालका पुर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक धेरै ४ गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा ३ गोल  रहेको छ ।

नेपालले माल्दिभ्स पछिल्लो पटक सन् २०१६ को बंगबन्धु गोल्डकपमा ४ – १ ले हराएको थियो । नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए भने विशाल राईको नाममा एक गोल रहेको थियो । नेपालले उक्त संस्करणको बंगबन्धु गोल्डकप जितेको थियो ।

नेपाल भर्सेस माल्दिभ्स

हालसम्म:

खेल – १५

जित – ४

हार – ७

बराबरी – ४

गोल गरेको – १९

गोल खाएको – २०

 

साफ च्याम्पियनसिप :

खेल – ६

जित – ०

हार – ४

बराबरी – २

गोल गरेको – ७

गोल खाएको – १४

 

ढाकामा मात्र :

खेल – ४

जित – १

हार – १

बराबरी – २

गोल गरेको – ७

गोल खाएको – ५

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP