साफ च्याम्पियनसिप : भारत र माल्दिभ्स मैदानमा, नेपालको प्रतिद्वन्द्वी को बन्ला ?
आइतबार, भदौ २४, २०७५खेलपाटी संवाददाता

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम अहिले भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
समूह 'बि' मा रहेको भारत र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा सुरु भएको हो ।
साबिकको उपविजेता भारत र माल्दिभ्स जारी खेल जित्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
यस खेलपछि समूह 'बि' को विजेता र उपविजेता बन्ने टोलीको निर्णय हुनेछ ।
समूह 'बि' को विजेताले सेमिफाइनलमा पाकिस्तानसंग खेल्नेछ । यस्तै उपविजेताले समूह ए को विजेता नेपालसंग खेल्नेछ ।
तीन राष्ट्र रहेको समूह 'बि' मा ३ अंक जोडेको भारत शीर्ष स्थानमा छ । १ खेलबाट १ अंक जोडेको माल्दिभ्स दोस्रो र २ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा रहेको छ ।
पहिलो खेलमा भारतले श्रीलंकालाई हराएको थियो । यस्तै माल्दिभ्सले श्रीलंकासंग गोलरहित बराबरी खेलेको थियो ।






-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)




