• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ च्याम्पियनसिप : कमजोरी सुधारमा नेपालको पुनरागमन
निशान राई
आइतबार, भदौ २४, २०७५ निशान राई
साफ च्याम्पियनसिप : कमजोरी सुधारमा नेपालको पुनरागमन
undefined

ढाका । साफ च्याम्पियनसिप, बंगलादेश ढाका, बंगबन्धु रंगशाला ।

नेपालको समूह चरण नतिजा :

पहिलो खेल : पाकिस्तानसंग २ – १ को हार

दोस्रो खेल : भुटानमाथि ४ – ० को जित

तेस्रो खेल : बंगलादेशमाथि २ – ० को जित

सरसर्ती नतिजा हेर्दा नेपालले सहजै समूह चरण पार गरेको देखिन्छ । तर, बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न नेपालले कठिन चुनौती पार गर्यो ।

बंगलादेश उड्दै गर्दा नेपाली राष्ट्रिय फुटबल टोलीले लक्ष्य थियो - उपाधि जित्ने वा कम्तिमा सेमिफाइनल पुग्ने ।

सोचेजस्तो सधै हुँदैन । नेपालको लागि त्यहिँ नियम लागु भयो । अर्थात् उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमै स्तब्ध भयो । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल कमजोर मानिएको टोली पाकिस्तानसंग २ – १ ले हार्न पुग्यो ।

कप्तान विराज महर्जनले मोहमद रियाजलाई लडाएपछि ३६ औं मिनेटमा पाएको पेनाल्टीमा हसन नाविद बासिरले गोल गर्दै पाकिस्तानलाई सुरुवाती अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा विमल घर्ति मगरले चलाखीपूर्ण वान टच गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । तर, खेलको इन्जुरी समयमा मुहम्मद अलीले गोल गर्दै पाकिस्तानलाई २ – १ को जित दिलाए ।

पाकिस्तानको हारसंगै नेपाली टोली झस्कियो । सेमिफाइनलमा स्थान बनाउन नेपालको लागि पहिलो खेल निकै महत्वपूर्ण रहेको थियो । पहिलो खेलको हारसंगै उपाधि जित्ने लक्ष्य बोकेको नेपालको सेमिफाइनल नपुग्ने अवस्था सिर्जना हुन थाल्यो । किनकि नेपालको समूहमा घरेलु टोली बंगलादेश अर्को बलियो टोली थियो । नेपालको लागि भुटान सहज प्रतिद्वन्दी भएपनि भुटानले उच्च प्रदर्शन गर्दै आइरहेको थियो ।

पहिलो खेलमा हार बेहोरेपनि नेपाली टिम दोस्रो चरणमा पुग्नेमा आत्मविश्वासी भने थियो । पाकिस्तानसंगको खेलपछि प्रशिक्षक बाल गोपाल महर्जनले भनेका थिए, 'हामी दुई खेल जित्दै सेमिफाइनलमा पुग्छौ ।'

नभन्दै प्रशिक्षक महर्जनले भने जस्तै नेपालले दोस्रो खेलबाट लय समात्यो । नेपालले हतपत्त उत्कृष्ट पुनरागमन गरेको इतिहास छैन । तर, ढाकामा नेपालले उत्कृष्ट पुनरागमन गर्यो । नेपालको पुनरागमन साच्चै तारिफ योग्य थियो । उत्कृष्ट पुनरागमनसंगै प्रशिक्षक महर्जन साफमा नेपाललाई सेमिफाइनलमा पुर्राउने पहिलो नेपाली प्रशिक्षक समेत बने । 

दोस्रो खेलमा भुटानमाथि ४ – ० को जित निकाल्दै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको थियो । अनन्त तामाङ, सुनिल बल, भरत खवास र निराजन खड्काले गोल गर्दा भुटानविरुद्ध सहज जित निकाल्न सफल भयो । तर, नेपाललाई अन्तिम खेलमा जित्नैपर्ने दबाब रह्यो । किनकी बंगलादेशले दुई खेल जितिसकेको थियो । पाकिस्तान र नेपालले समान एक एक खेल जितेको थियो ।

समूह चरणको दुई खेल सकिदा नेपाल र पाकिस्तानले समान ३ – ३ अंक जोडेको थियो । बंगलादेशले ६ अंक जोडेको थियो । नेपाल र पाकिस्तानलाई सेमिफाइनलमा पुग्न शनिबार तय भएको अन्तिम खेल जित्नै पर्ने दबाब थियो ।

पाकिस्तानले भुटानलाई २ – ० ले हराएर सेमिफाइनल नजिक पुग्न सफल भयो । यता, नेपाललाई भने बंगलादेशविरुद्ध जित्नै पर्ने दबाब रह्यो । तर, नेपालले 'गर या मर' को खेलमा घरेलु टोली बंगलादेशलाई २ – ० ले हराएर सेमिफाइनलको यात्रा तय गर्यो ।

विमल घर्ति मगर र नवयुग श्रेष्ठको गोलसंगै नेपालले बंगलादेशलाई हराउन सफल भएको थियो । जितसंगै नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । सुरुवाती दुई खेल जितेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरियो ।

नेपाल, पाकिस्तान र बंगलादेशले समान ६/६ अंक जोडेपनि नेपाल गोल आधारमा अघि रह्यो । पाकिस्तान दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुग्यो । तर, बंगलादेश समूह चरणमै रोकियो ।

बंगलादेशलाई हराएसंगै नेपालले चौथो पटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । प्रशिक्षक महर्जनले भनेजस्तै पहिलो खेल गुमाएपनि त्यसपछिको लगातार दुई खेल जित्दै नेपालले सेमिफाइनल यात्रा तय गर्यो । र, नेपालको सेमिफाइनल यात्रामा कमजोरी सुधार र उत्कृष्ट पुनरागमन नै सबैभन्दा सबल पक्ष रह्यो ।

साफ फुटबलमा नेपालले पहिलो खेल गुमाएर पनि सेमिफाइनलमा स्थान बनाएको यो पहिलो अवसर हो । अघिल्ला चार संकरणमा सेमिफाइनल पुग्दा नेपालले पहिलो खेल गुमाएको थियो । तर, यस संस्करणमा सबै पोजिसनका खेलाडीले उच्च प्रदर्शन गर्दै नेपाललाई सेमिफाइनलको हकदार बनाउन सफल भयो ।

मुख्यतः नेपालको उत्कृष्ट पुनरागमनमा सधै कमजोर रहदै आएको पक्षहरुमा सुधार हुनु समेत रह्यो ।  सधै सुस्त देखिने नेपाली डिफेन्सलाइन दोस्रो खेलबाट सुधार भएको थियो । डिफेन्समा तालमेल नमिल्दा पाकिस्तानसंग उच्च प्रदर्शन गर्न नसकेको नेपालले दोस्रो खेलबाट लय समातेको थियो ।

यस्तै नेपालको मिडफिल्ड र फिनिसिङमा समेत सुधार भयो । विमल घर्ति मगर, भरत खवास, नवयुग श्रेष्ठ, सुनिल बल, निराजन खड्काले पाएको मौका खेर फालेनन् ।  नेपाली गोलकिपर किरण चेम्जोङले आफ्नो उच्च प्रदर्शनलाई कायम राख्न सफल भए ।

यसपटक मिडफिल्डमा नेपालको तालमेल उच्च देखिएको थियो । नेपालका स्टार मिडफिल्डर रोहित चन्दसंगै नवस्टार सुनिल बलले उत्कृष्ट प्लेमेकरको भूमिका खेलेका थिए ।

यो प्रदर्शन कायम राख्न सके नेपालले फाइनल यात्रा तय गर्ने पक्का जस्तैछ  । तर, नेपालले सेमिफाइनलमा बलियो टोलीलाई प्रतिद्वन्दी पाउने पक्का छ । नेपालले समूह 'बि' को भारत, माल्दिभ्स र श्रीलंकामध्ये एक टोलीलाई प्रतिद्वन्द्वी पाउनेछ । 

नेपालले भारत र माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाउने सम्भावना बलियो छ ।  तर, दुई खेल गुमाईसकेको श्रीलंका प्रतिद्वन्दी पाउने सम्भावना गणितीय मात्र बाँकी छ । 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP