एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले साउथह्याम्टनलाई हराएको छ ।
शनिबार साउथह्याम्टनको घरेलु मैदानमा सिटीले १–० को जित निकालेको हो ।
सिटीको जितमा खेलको १६ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए । केभिन डी ब्रोएनले उपलब्ध गराएको पासमा स्टर्लिङले गोल गरेका थिए ।

जित सहित सिटीले प्रिमियर लिगका शीर्ष क्लबसंगको अंक दुरी घटाएको छ । उसले तालिकाको तेस्रो स्थानकाे क्लबमाथि विजय हासिल गरेको हो । सिटी २३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

पराजित साउथह्याम्टन २४ अंक सहित पाँचौं स्थानमा छ । साउथह्याम्टनले बराबरीका लागि निकै कोशिश गरेको थियो । तर पहिलो हाफ अघिनै ड्यानी ईग्सले चोट ब्यहोरेका थिए ।