एजेन्सी । सिरि ए फुटबलमा शनिबार राति युभेन्ट्स पर्माको भ्रमणमा निस्कदैछ ।
मध्य साता एटलान्टासंग बराबरी खेल्दै अंक बाँडेको युभेन्ट्स पर्माको भ्रमणमा निस्कन लागेको हो ।
एटलान्टाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गर्ने अवसर गुमाएका थिए ।
निरन्तर अंक गुमाउँदा युभेन्ट्स दबाब छ । लिगमा अपराजित रहेपनि युभेन्ट्स शीर्ष स्थानमा फर्कन सकेको छैन ।
खेल एन्नियो तारदिकी स्टेडियममा हुनेछ । जुन रंगशालामा युभेन्ट्सले सन् २०१५ यता हारको नतिजा ब्यहोर्नु परेको छैन ।
युभेन्ट्स पछिल्ला तीन खेलमा गोलका अवसरहरु सिर्जना गर्न सकेको छैन । पार्माविरुद्ध सोही समस्या दोहरिन सक्नेछ ।
पार्माले यस सिजन सिरि एमा आधा बढी खेलमा बराबरीको नतिजा निकालेको छ । पार्मालाई समेत गोलको खडेरी छ । वोज्शियक सेक्सेजनीको उत्कृष्ट फर्मले घरेलु टोली उत्साहित देखिन्छ । युभेन्ट्सले काउन्टर आक्रमणमा पार्मालाई निराश पार्न सक्नेछ ।
युभेन्ट्स २४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । टुरिन क्लब शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि छ । पार्मा १२ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।