किपरको गल्ती र पहिलो गोल नै जितको आधार - प्रशिक्षक श्रेष्ठ
शनिबार, भदौ २३, २०७५खेलपाटी संवाददाता

काठमाडौं ।नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपालको जितको आधार बंगलादेशी किपरको गल्ति भएको बताएका छन् ।
खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै श्रेष्ठले योजना अनुसार खेल्दा जित निकाल्न सफल भएको बताए ।
'पहिलो गोल नै खेलको टर्निङ प्वाइन्ट बन्यो । गोलरक्षकको गल्ती हामो लागि फाइदा भयो,' सहायक प्रशिक्षक श्रेष्ठले भने, 'पाकिस्तानले जितिसकेपछि हामीलाई जित्न दवाव बढेको थियो । तर, हामी योजना अनुसार खेल्दा सफल भयौ ।'
निकै महत्वपूर्ण खेलमा नेपालले बंगलादेशलाई २ - ० ले हराएर सेमिफाइनलमा पुगेको थियो । समूह 'ए' बाट नेपाल समूह विजेता बनेको हो ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


