• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
जसको सफलता वर्षभरी चर्चामा रह्यो
खेलपाटी संवाददाता
शनिबार, पुस ४, २०७७ खेलपाटी संवाददाता
जसको सफलता वर्षभरी चर्चामा रह्यो

काठमाडौं । सफलता र चर्चालाई आधार मान्दै नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पाेर्टस अवार्ड अन्तर्गत 'पिपल्स च्वाईस विधाकाे उत्कृष्ट ५ खेलाडीको मनोनयन सार्वजनीक गरेको छ ।

अघिल्लो वर्ष प्राप्त सफलता र चर्चाका हिसाबले आयोजक संस्थाले ५ खेलाडीको मनोनयन शुक्रबार सार्वजनीक गरेको हो ।

गत वर्ष साग खेलकुदको वर्ष रह्यो । अझ नेपालले साग ईतिहासमा ऐतिहासिक सफलता प्राप्त गरेको वर्ष पनि । नेपालले ५१ वटा त स्वर्णनै जित्यो ।

सबै सफलताको चर्चा हुन्छ भन्ने नि हुदैन । तर सफलताले कमाएको चर्चाको मापन गर्ने आधार के ? यसको परिक्षण आम रुपमा गरिन पर्छ ।

त्यसैले पनि आयोजक संस्था खेलकुद पत्रकार मञ्चले आम सर्वसाधारणको मत लिने प्रक्रियालाई अझ फराकिलो बनाएको छ । अघिल्ला संस्करणमा मोबाईल भोटिङ्गबाट मत संकलन गर्दै आएको मञ्चले यसवर्षबाट विश्वभरबाट मत दिन मिल्ने व्यवस्था गरेको छ । खेलकुदलाई माया गर्ने ठुलो संख्या विदेशमा भएकाले समेत यसपटक विश्वका जुनसुकै स्थानबाट आफुलाई मन पर्ने खेलाडीलाई भोट गर्न मिल्नेछ ।

त्यसो भए पिपल्स च्वाईस अवार्डको मनोनयनमा परेका खेलाडीले गत वर्ष के त्यस्तो सफलता हात गरे त ? जसको चर्चा यहाँ गरिएको छ ।

गौरिका सिंह :

१३ औं सागकी सर्वाधिक सफल र चर्चित खेलाडी हुन्, गौरिका । सागको ईतिहासमा नेपालको तर्फबाट उनले चार स्वर्ण सहित थप दुई रजत र दुई काँस्य जितिन् । आठौं राष्ट्रिय खेलकुदमा आफु सहभागी सबै स्पर्धामा १२ स्वर्ण जितेर वर्षको उत्कृष्ट सुरुवात गरेकी गौरिकाले साग स्पर्धामा समेत नेपाललाई निराश बनाईनन् ।

आठौंमा राष्ट्रिय खेलकुदमा उनले करिश्मा कार्कीले बनाएको एकै प्रतियोगितामा धेरै स्वर्ण जित्ने कीर्तिमान बराबरी गरेकी थिईन् । दक्षिण कोरियामा आयोजित १८ औं फिना विश्व च्याम्पियनसिपमा १ सय र २ सय मिटर फ्रिस्टाईलमा उनले प्रतिस्पर्धा गरेकी थिईन् ।

अरुणा शाही :

अरुणा शाहीका लागि गत वर्ष खेल जिवनकै यादगार समय रह्यो । उनले राष्ट्रिय महिला टिमको कप्तानी गर्ने मौका पाईन् । उनकै नेतृत्वमा नेपालले एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्णनै जित्यो ।

No description available.

उनकै नेतृत्वमा महिला टिमले साग खेलकुदमा पहिलो पटक फाईनल यात्रा तय गर्यो । फाईनलमा चिरप्रतिद्धन्दी भारतलाई कडा टक्कर दियो । सुरुमै दुई सेटको अग्रता समेत बनायो । त्यसलाई जोगाउन भने सकेन । स्वर्ण भारतलाई सुम्पियो । तर दक्षिण एसियाली भलिबलमा आफु नयाँ शक्तिको रुपमा उदाउने संकेत भने गर्यो । त्यसको नेतृत्व कप्तानको हिसाबमा अरुणाले गरेकी थिईन् ।

मण्डेकाजी श्रेष्ठ :

१३ औं साग खेलकुदमा करातेका मण्डेकाजीले दोहोरो स्वर्णको कठिन उपलब्धि हात पारे । सागमा नेपाललाई पहिलो स्वर्ण जिताएका मण्डेले टिम कातामा समेत स्वर्ण जिताउन सफल बने ।

No description available.

वर्षको सुरुवातमा आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक र टिममा रजत पदक जितेका मण्डेले बंगलादेशमा भएको साफ च्यामिपयनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य जितेका थिए । नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा उनी सिनियर कातामा रजत जित्दै उत्कृष्ट खेलाडी घोषित बनेका थिए ।

सदिन श्रेष्ठ :

स्वर्णमय साग खेलकुदमा धेरै अन्य पदकहरु छायामा परे । त्यसमा बास्केटबलको महिला टिमले पाएको रजत पदक पनि एक हो । त्यही पदक दिलाउने राष्ट्रिय महिला वास्केटबल टिमकी कप्तान हुन्, सदिना ।

No description available.

महिला बास्केटबललाई नेपालमा लोकप्रिय बनाउन अहम भुमिका खेलेकी सदिनाले आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट रजत पदक प्राप्त गरेकी थिईन् । एनबीएल बास्केटबल लिगमा समृद्धि गोरिल्लाजबाट रजत पदक जितेकी सदिनाको खेलसंगै सुन्दरताको चर्चा घरेलु खेलकुदमा हुने गर्छ ।

सावित्रा भण्डारी :

एउटा स्पष्ट तथ्य के हो भने, सावित्रा नेपाल मात्र हैन्, दक्षिण एसियाकै नम्बर एक महिला फुटबलर हुन् । त्यो भन्दा माथि उनको परिक्षा हुन पाएको छैन । तर उनी जहाँ सम्म पुगेकी छिन्, उनी भन्दा अघि कोही छैन ।

घरेलु फुटबलमात्र हैन, भारतीय महिला लिगमा समेत तहल्ला मच्चाउन सफल सावित्राले सन् २०१९–२० को सिजन गोकुलम केरलालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेकी थिईन् ।

No description available.

१३ औं सागमा नेपाललाई रजत पदक दिलाएकी सावित्राले आठौं राष्ट्रिय खेलकुदमा विभागीय टिम एपीएफलाई स्वर्ण पदक जिताएकी थिईन् । घरेलु फुटबलमा एपीएफलाई नम्बर एक टोली बनाउन सफल सावित्राले नेपाललाई नादेझ्दा कपमा समेत उपविजेता बनाएकी थिईन् । उनले गत वर्षमात्र नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेकी छिन् । उनलाई दक्षिण एसियाली महिला फुटबलको एक नम्बर फुटबलरको रुपमा सबैले स्विकार गर्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP