एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले अर्को वर्ष हुने उमेर समुहको यू–१७ फुटबल प्रतियोगिता रद्ध गरेको छ ।
कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्ध गर्ने निर्णय लिएको हो ।
शुक्रबार प्राप्त जानकारी अनुसार युईएफएले अर्को वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन ।
कोरोनाको खतरालाई आँकलन गर्दै युईएफएले कठोर निर्णय लिएको बताएको छ ।
दुवै प्रतियोगिता तालिका अनुसार मे महिनामा हुने तय थियो । साईप्रसले पुरुषको प्रतियोगिता र आईल्याण्डले महिलाको प्रतियोगिता आयोजना गर्ने तय भएको थियो ।
युईएफएले भन्यो, ‘युरोपका धेरै स्थानमा महामारीको वर्तमान अवस्था हेर्दा सन् २०२१ मा सुरुवाती महिनामा उमेर समुहको प्रतियोगिताको आयोजना गर्न नसकिने भएको छ ।’
युईएफएको कार्यकारी समितिले वार्षिक क्यालेन्डर अनुसार यू–१९ च्याम्पियनसिप भने निर्धारित समयमा आयोजना गर्नेछ । यस प्रतियोगिता रोमानिया र बेलारुसमा आयोजना हुनेछ ।