एजेन्सी । बुन्डेसलिगा क्लब शाल्केले मुख्य प्रशिक्षक म्यानुअल बामलाई बर्खास्त गरेको छ ।
जर्मन क्लबले ७९ दिनमै मुख्य प्रशिक्षक बामलाई बर्खास्त गरेको हो ।
डच प्रशिक्षक हुब स्टिेभन्सले चौथो पटक क्लबको नेतृत्व सम्हाल्नेछन् । क्लब तालिकाको अन्तिममा छ । उसले पछिल्ला २८ खेलमा जित निकाल्न सकेको छैन ।
उनी यस सिजन शाल्केको तेस्रो प्रशिक्षक हुन् । उनले गत सेप्टेम्बरमा डेभिड वाग्नरलाई स्थानान्तरण गर्दै क्लबको मोर्चा सम्हालेका थिए ।
६७ वर्षिया स्टेभन्सले क्लबलाई दिशानिर्देश गर्दै आएका छन् । सन् १९९६÷९७ मा क्लबलाई यूईएफए कपमा सफलता दिलाएपछि उनले क्लबलाई माग निर्देश गर्दै आएका हुन् ।
गत वर्ष मार्चमा डोमिनिको टेडस्को बर्खास्तमा परेपछि स्टेभन्सले पछिल्लो पटक क्लब हेरेका थिए । लिग प्रतिद्धन्दी बोरुसिया डर्टमण्डलाई ४–२ ले पराजित गर्दै शाल्केले रलिगेशन टारेको थियो ।
शाल्के यतिबेला लिगको कीर्तिमान जित विहिन नतिजाबाट मात्र तीन खेल टाढा छ । सन् १९६५÷६६ मा वर्लिन क्लबले समेत ३१ खेलसम्म जित निकाल्न सकेको थिए ।