एजेन्सी । वायन रोनीका छोरा समेत बुवाको पदचाप पछ्याउँदै म्यान्चेष्टर युनाईटेडमा आबद्ध भएका छन् ।
११ वर्षिया काईले म्यान्चेष्टर युनाईटेडसंग हस्ताक्षर गरेको फोटो रोनीले सार्वजनीक गरेका छन् ।
वायन रोनीले सन् २००४ देखि २०१७ सम्म म्यान्चेष्टर युनाईटेडका लागि खेलेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गर्वको दिन । काईले म्यान युसंग हस्ताक्षर गरेका छन् । मेहमत जारी राख छोरा ।’

तस्विरमा काईले कागजमा हस्ताक्षर गरेका छन् भने छेउमा बुवाको १० नम्बरको जर्सी राखिएको छ । सोही नम्बरको जर्सी वायनले युनाईटेडमा लगाउने गर्दथे ।
ईङ्ल्याण्डका पूर्व अन्तराष्ट्रिय खेलाडी रोनी म्यान युका सर्वाधिक गोलकर्ता हुन् । उनले ५ सय ५९ खेलमा युनाईटेडका लागि २ सय ५३ गोल गरेका छन् ।