एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाईटेडविरुद्ध म्यान्चेष्टर युनाईटेडले रोमाञ्चक जित दर्ता गरेको छ ।
बिहिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले आफ्नो टोलीले सेफिल्डविरुद्ध शानदार फुटबल खेलेको प्रतिक्रिया दिए । जित सहित म्यान यु तालिकाको छैटौ स्थानमा उक्लिएको छ ।
म्यान युका लागि मार्कुस रासफार्डले दुई गोल गर्दै पाहुना टोलीको जितको आधार तयार गरे ।

पूर्व क्लबविरुद्ध उत्रिएका ड्यान हेन्डरसनले सेफिल्डलाई सुरुवातमै अग्रताको मौका दिए । प्राप्त बल क्लियर गर्न नसक्दा डेविड म्याकगोल्डरिकले घरेलु टोलीलाई खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । लगत्तै सेफिल्डका जोन फ्लिकले सुन्दर अवसर गुमाए ।
२६ औं मिनेटमा मार्कुस रासफार्डको गोलमार्फत म्यान यु खेलमा फर्कियो । एन्थोनी मार्टियलले गोल गर्दै म्यान युलाई २–१ को अग्रता दिलाए । उनले ४ सय ९१ औं मिनेटमा गोल विहिन मौनतालाई तोडेका हुन् । उसले गोलका लागि पाउल पोग्बाको पासलाई सदुपयोग गरे ।

मार्टियलकै पासमा रासफार्डले ब्यक्तिगत दोस्रो गोल गर्दै म्यान युलाई ३–१ ले अघि बढाए । खेल सकिन ३ मिनेट बाँकी छदाँ घरेलु टोलीका म्याकगोल्डरिकले ब्यक्तिगत दोस्रो गोल गर्दै हार अन्तर कम गरेका थिए ।
जित पछि म्यान यु २३ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लियो । सेफिल्ड १ अंक सहित तालिकाको पुछारमै रह्यो ।
अर्को खेलमा एस्टन भिल्ला र वर्नलीले बराबरी खेल्दै अंक बाँडे । प्राप्त एक अंकमा वर्नलीले रेलिगेशनको ठाउँ छोड्यो । उसले १८ अंक जोडेर तालिकाको १७ औं स्थानमा उक्लियो । एस्टन भिल्ला १९ अंक सहित ११ औं स्थानमा छ ।