• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘शारजाहमा खेलेको महसुस भयो’
विश्वास थापा
बुधबार, पुस १, २०७७ विश्वास थापा
‘शारजाहमा खेलेको महसुस भयो’
साेमपाल कामी । फाेटाे : धुर्मुस सुन्तली फाउण्डेसन

चितवन । राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको परिसरमा रहेको नमुना क्रिकेट मैदानमा खेल्दा युएईको शारजाहामा खेलेको अनुभब भएको बताएका छन् ।

नमुना मैदानमा खेलपछि खेलपाटीसंग अनुभव साट्दै सोमपालले छोटो मैदान र फ्ल्याट विकेटका कारण शारजाहमा खेलेको अनुभब गरेको बताए ।

युएईको शारजाह मैदान गौतमबुद्धको नमुना क्रिकेट मैदान हाराहारीमा रहेको उनको दाबी छ ।

’नमुना मैदानमा खेल्दा मैले शारजाहमा खेलेको जस्तो अनुभब गरे । विकेट एकदम टक्ला (चिल्लो), चम्किने विकेट, त्यसैमा मैदान समेत सानो । आईपीएलमा हालसालै हेरेका थियौं, जहाँ मिस हिट समेत छक्का हुन सक्छ । यो मैदान समेत सानो थियो र विकेट समेत त्यस्तै । बलरले गल्ती गर्ने बित्तिकै ब्याट्सम्यानले चार्ज गर्ने मैदान थियो ।’ सोमपालले भने ।

केही महिनाअघि सम्पन्न आईपीएलको एक भेन्युको रुपमा शारजाह पनि समेटिएको थियो । जुन मैदान सानो रहेको थियो । मिसहिट समेत छक्का जान सक्ने थियो ।
निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बाउण्ड्री समेत छोटो थियो ।

चोटका कारण मैदान बाहिर रहेका सोमपाल क्रिकेटमा फर्किन पाउँदा खुसी छन् । लामो समय नेपालको प्रतिनिधित्व गर्न नपाउँदा टिम र क्रिकेटलाई 'मिस' गरेको उनले बताए ।

’चोट लागेको थियो । लामो समय मैदान बाहिर बस्नु पर्यो श्र नेपालको जर्सी लगाएर खेल्न नपाउँदा दुख लागेको थियो । लगातार साढें ५ वर्षदेखि नेपालको प्रतिनिधित्व गर्दा एक्कासी बाहिर रहदाँ नरमाइलो लाग्छ र आफ्नो टिमलाई मिस हुन्छ । अहिले क्रिकेट खेल्न तयार भएको छु । टिमसंग क्याम्पमा छु, त्यसमा खुसी छु ।’ सोमपालले थपे ।

सोमपालले नमुना मैदानमा खेल्दै गर्दा मुख्य अन्तराष्ट्रिय मैदानमा खेल्न आतुर रहेको बताए ।

’यो मैदानमा खेल्न पाउँदा रमाइलो र खुसी लाग्यो । मुख्य रंगशालामा खेल्न निकै आतुर छु । लामो समयपछि क्रिकेट फर्किएको छ, त्यसले अझै खुसी भएको छु । क्रिकेट खेल्न पाउँदा सधै खुसी लाग्छ । अन्त्यमा कसरी खेलाडीले प्रदर्शन गर्यो र कसरी हौसला लग्यो भन्ने महत्व हो ।’ सोमपाल थप्छन्, ’टी–ट्वान्टी फर्म्याट एउटा चुनौती हो । अझ यस्तो छोटो मैदान बलरको लागि कठिन हुन्छ ।’

गौतमबुद्ध कपमार्फत झन्डै एक वर्षपछि नेपालमा घरेलु क्रिकेट फर्किएको छ । गत जनवरीमा मनमोहन मेमोरियल कप प्रतियोगिता खेलेपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडीले घरेलु प्रतियोगिता खेल्न पाएको थिएनन् ।

कोरोना माहामरीले थप ९ महिना क्रिकेट गतिबिधि ठप्प बनायो । कोरोनाको कारण तालिकाबद्ध रहेका अधिकांश घरेलु तथा अन्तराष्ट्रिय क्रिकेट गतिविधि स्थगित भएका थिए ।

लामो समय खेलाडीले प्रतिस्पर्धात्मक खेल खेल्न नपाएको भन्दै बागमती प्रदेश क्रिकेट संघले गौतमबुद्ध कप क्रिकेटको आयोजना गरेको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP