एजेन्सी । टोटेनहम हटस्पर समूह विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बेल्जियनको शीर्ष डिभिजनको क्लब रोयल एन्टवर्पलाई २–० ले पराजित गर्दै टोटेनहम अन्तिम ३२ मा छनोट भएको हो ।
टोटेनहमको जितमा अल्भेस मोरिस र लो सेलोले एक एक गोल गरे ।
अल्भेस मोरिसले ५७ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अघि बढाए । लो सेलोले ७१ औं मिनेटमा टोटेनहमको अग्रता दोब्बर बनाउने काम गरे ।
ह्यारी केनले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै सेलोले एक गोल फर्काएका थिए ।

बिहिबारको खेलमा प्रशिक्षक जासे मौरिन्होले मुख्य खेलाडीलाई आरामको मौका दिएका थिए ।
उनले आक्रमक फर्ममा रहेका ह्यारी केन र सन ह्युङ मिनलाई बेन्चमा राख्दै ग्यारेथ बेल, कार्लोस भिनिसियस र ह्यारी विक्सलाई सुरुवाती लाईन अपमा उतारेका थिए ।
समूह विजेताको रुपमा टोटेनहमले १३ अंक जोड्यो । एन्टवर्प १३ अंक सहित समूह उपविजेता बन्यो ।