एजेन्सी । युरोपा लिग फुटबलमा लेस्टर सिटी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ ।
समूह जीको खेलको अन्तिम खेलमा एईके एथेन्सलाई २–० ले पराजित गर्दै लेस्टर समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो ।
समूह विजेताको रुपमा अघि बढ्न लेस्टरलाई जित आवश्यक थियो ।
लेस्टरको जितमा सेन्गिज अन्डर र हार्वे बान्र्सले एक एक गोल गरे ।

लेस्टर प्रिमियर लिगको चौथो स्थानमा छ । लेस्टर शीर्ष स्थानको टोटेनहम भन्दामात्र तीन अंकले पछि छ ।
‘हामीले हाम्रो मानसिकता र ब्यहोरालाई खेलमा देखाएका छौ ।’ प्रशिक्षक ब्रेन्डन रोडजर्सले भने ।

सिजनको सुरुवातमा खेलाडीको चोटले पिरोलिएको लेस्टरले युरोपा लिगमा युवा खेलाडीलाई मौका दिएको थियो ।
लेस्टरले समूहमा १३ अंक जोड्यो । स्पोर्टिङ ब्रागाको समेत समान १३ अंक रह्यो । तर हेड टू हेडका आधारमा लेस्टर शीर्ष स्थानमा रह्यो ।