काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा स्विकृत गरेको छ ।
राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट कालिनले दिएको राजीनामालाई एन्फाले स्विकृत गरेको हो ।
एन्फाको बिहिबार बसेको कार्यसमिति बैठकले कालिनको राजीनामा स्विकृत गर्दै बालगोपाल महर्जनलाई कार्यबहाक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
कालिने नोभेम्बर १ का मितिबाट लागू हुने गरि राजीनामा दिएको एन्फाले जनाएको छ । कालिनको बहिर्गमनसंगै एन्फाले महर्जनलाई राष्ट्रिय टिमको कार्यबहाकको जिम्मेवारी दिएको हो ।
सन् २०१९ को मार्च १ मा कालिनलाई राष्ट्रिय फुटबल टिमको मुख्य जिम्मेवारी दिईएको थियो । उनको नेतृत्वमा नेपालले मार्च २१ म कुबेतविरुद्ध अन्तराष्ट्रिय म्याच खेलेको थियो ।
उनकै नेतृत्वमा नेपालले ११ खेलमा प्रतिस्पर्धा गरेको थियो । जसमा एक जित, दुई बराबरी र ८ मा हारको नतिजा निकालेको थियो ।
कालिन कोरोनाको संक्रमण बढेसंगै मार्च २७ मा स्विडेन फर्किएका थिए । उनले स्विडेनबाट आफु नेपालको राष्ट्रिय टिमको जिम्मेवारीमा आफु फर्कन नसक्ने बताएका थिए ।
कोरोनाका कारण आफ्नो देशले ह्वाई उडानमा लगाएको प्रतिबन्धका कारण कालिनले आफु नेपाल आउन नसक्ने बताएको एन्फाको भनाई छ ।