एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।
टोटेनहमले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा टोटेनहम जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।
तर, बलियो टिम आर्सनलविरुद्ध जित निकाल्न टोटेनहमलाई सहज भने छैन ।
आर्सनल पनि घरेलु टोलीलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
टोटेनहम १० खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
आर्सनल भने १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले सेफिल्डसँग प्रतिस्पर्धा गर्नेछ ।
लेष्टर उसैको मैदानमा सेफिल्डसँग खेल्नेछ ।
लेष्टर १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।