एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ को हार ब्यहोरेको छ ।
शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो ।
म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे ।
ला लिगामा बढुवा भएपछि माथिल्लो स्तरका टोलीमाथि काडिजले घरेलु मैदानमा पहिलो जित निकालेको हो ।
उसले ला लिगामा बार्सिलोनासंग ४ अंकको अग्रता लिएको छ । बार्सिलोना १४ अंक सहित सातौं स्थानमा छ । काडिज १८ अंक सहित पाँचौ स्थानमा छ ।

अल्भारो जिमेनेजले काडिजलाई सुरुवाती अग्रता दिलाएका थिए ।
घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो ।
बार्सिलोनाको कमजोर डिफेन्सको फाईदा उठाउँदै नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाउन सफल रहे ।
प्रशिक्षक रोनाल्ड कोम्यान बार्सिलोनामा रहेको समय सन् १९९१ म काडिजले बार्सिलोनालाई पराजित गरेको थियो ।
बार्सिलोनाले पछिल्ला ७ मध्य ६ खेलमा जित निकालेको छ । तर १० खेलको समाप्तिमा शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा क्लब १२ अंकले पछि परेको छ ।
अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई २–० ले हरायो । एट्लेटिकोको जितमा लेमार र लोरेन्टोले समान एक एक गोल गरे ।
शीर्ष स्थानको एट्लेटिको मड्रिडको २६ अंक छ । भालाडोलिड १० अंक सहित पुछारबाट दोस्रोमा छ ।