एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले फ्रान्कफर्टसँग १-१ गोलको बराबरी खेलेको हो ।
फ्रान्कफर्टको मैदानमा दोस्रो हाफमा एक गोल फर्काएपछि डर्टमण्ड हारबाट जोगिएको हो ।
खेलको नवौं मिनेटमा दाईची कामडाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५६ औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै डर्टमण्डलाई हारबाट जोगाए ।
यस बराबरीसँगै डर्टमण्डले १० खेलमा १९ अंक जोडेको छ । डर्टमण्ड तेस्रो स्थानमा उक्लिएको छ ।
फ्रान्कफर्ट १६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
