एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले बर्नलीसँग बराबरी खेल्दै अंक बाडेको छ ।
शनिबार भएको खेलमा एभर्टनले बर्नलीसँग १-१ गोलको बराबरी खेलेको हो ।
बर्नलीको घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर एभर्टनले बराबरी खेलेको हो ।
खेलको तेस्रो मिनेटमा रोबर्ट ब्राडीले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा डोनिमिक लेविनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
बराबरीसँगै एभर्टनले ११ खेलमा १७ अंक जोडेको छ ।
एभर्टन सातौं स्थानमा रहेको छ ।
बर्नली ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
