एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज साविक विजेता बायर्न म्युनिखले आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ ।
बायर्नले घरेलु मैदानमा बलियो टिम लाइपजिगसँग खेल्नेछ । बायर्न र लाइपजिगबीचको खेल ११:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लाइपजिगविरुद्ध मैदान उत्रदा बायर्न शीर्ष स्थानको अग्रता कायम राख्ने लक्ष्यमा हुनेछ ।
जसका लागि बायर्न घरेलु मैदानमा बायर्नलाई हराउँन चाहन्छ ।
लिग लिडर बायर्नले ९ खेलमा २२ अंक जोडेको छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा २ अंकले अघि रहेको छ ।
लाइपजिगले ९ खेलमा २० अंक जोडेको छ ।
लाइपजिग भने घरेलु टोलीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
यस्तै बोरुसिया डर्टमण्डले फ्रान्कफर्टसँग खेल्नेछ ।
डर्टमण्डले उसैको मैदानमा फ्रान्कफर्टको सामना गर्नेछ ।
चौंथो स्थानको डर्टमण्डले १८ अंक जोडेको छ ।
फ्रान्कफर्ट ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
बुन्डेसलिगा अन्तर्गत कोल्नले उल्फवर्गसँग खेल्दा मैन्जले अर्मिनियासँग खेल्नेछ ।
यस्तै बोरुसिया मन्छेनग्लाडबाखले फ्रेईबर्गसँग खेल्नेछ ।