एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले आज टोरिनोसँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा टोरिनोसँग खेल्नेछ । युभेन्ट्स र टोरिनोबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । तुलनात्मक कमजोर टोरिनोविरुद्ध युभेन्ट्सले सहज जित निकाल्ने अपेक्षा समेत गरिएको छ ।
युभेन्ट्स टोरिनोलाई हराएर शीर्ष दुई भित्र उक्लन समेत चाहन्छ ।
चौंथो स्थानमा रहेको युभेन्ट्सले १७ अंक जोडेको छ ।
टोरिनो भने ६ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा इन्टर मिलानले बोलोग्नासँग खेल्नेछ ।
इन्टरले घरेलु मैदानमा बोलोग्नासँग खेल्नेछ ।
घरेलु मैदानमा जित निकाल्दै इन्टर शीर्ष स्थानको एसी मिलानसँग अंक घटाउन चाहन्छ ।
दोस्रो स्थानको इन्टरको १८ अंक रहेको छ ।
अर्को खेलमा स्पेजियाले लाजियोसँग खेल्नेछ ।