एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज सेभियासँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले सेभियासँग उसैको मैदानमा खेल्नेछ । रियल र सेभियाबीचको खेल राति ९ बजे सुरु हुनेछ ।
सेभियाको मैदानमा रियल जित निकाल्दै शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ ।
तर, सेभियाविरुद्ध इडेन हाजार्डले खेल्ने छैनन् । चोटको कारण उनी सेभिया भ्रमण गर्ने टिममा छैनन् ।
रियल १७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
सेभिया १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
घरेलु मैदानमा सेभिया जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ ।
यस्तै बार्सिलोनाले काडिजसँग उसैको मैदानमा खेल्नेछ ।
बार्सिलोना र काडिजबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
बार्सिलोना काडिजलाई हराएर शीर्ष पाँचमा उक्लने योजनामा हुनेछ ।
बसिलोना १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
काडिज १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिटसँग खेल्नेछ ।
एट्लेटिको घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
अर्को खेलमा लेभान्टेले गेटाफेसँग खेल्नेछ ।