एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आज राति लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ । चेल्सी र लिड्सबीचको खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी लिड्सलाई हराउने लक्ष्यमा हुनेछ । तर, बलियो टिम लिड्सविरुद्ध चेल्सीलाई जित निकाल्न सहज भने हुने छैन ।
चेल्सी १९ अंक जोडेर तालिकाको तेस्रो रहेको छ ।
घरेलु मैदानमा लिड्सलाई हराएर चेल्सी शीर्ष स्थानमा उक्लन चाहन्छ ।
लिड्स भने १४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
लिड्स चेल्सीलाई हराएर अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।
यस्तै अर्को खेलमा एभर्टनले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ ।
दुई टिमबीचको खेल साँझ ६:१५ बजे सुरु हुनेछ ।
एभर्टन १६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
५ अंक जोडेको बर्नली रेलिगेसन क्षेत्रमा रहेको छ ।