एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आज फुलहमसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले घरेलु मैदानमा फुलहमसँग खेल्नेछ । सिटी र फुलहमबीचको खेल नेपाली समय अनुसार ८:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
सिटी १५ अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको छ ।
यस्तै फुलहम ७ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
फुलहम पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
अर्को खेलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।
वेस्ट ह्यामको मैदानमा हुने खेल राति ११:१५ बजे सुरु हुनेछ ।
युनाईटेड फुलहमलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
नवौं स्थानको युनाईटेडले १६ अंक जोडेको छ ।
वेस्ट ह्याम १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।