एजेन्सी । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले फरवार्ड सर्जियो अग्युरो पुरानै लयमा फर्कनेमा आशावादी देखिएका छन् ।
घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेका अग्युरो पुरा निको भएर फर्कदै गर्दा पुरानै उत्कृष्ट फर्ममा फर्कने आश ग्वार्डीओलाले ब्यक्त गरे ।
अर्जेन्टिनी फरवार्डलाई शनिबार प्रिमियर लिगको फुलहमविरुद्ध खेलका लागि टिम बाहिर राखिएको छ ।
उनले म्यान्चेष्टर सिटीले खेलेका पछिल्ला २९ मध्य ४ खेलमा मात्र मैदान उत्रिएका छन् । उनी जुनमा बर्नलीविरुद्ध खेलबाट टिम बाहिर रहदै आएका छन् ।
जब उनी फिट हुनेछन् । उनी पुरानो जस्तै खेलाडी हुनेछन् ।’ सिटी प्रशिक्षकले भने ।
३२ वर्षिया फरवार्डको सम्झौता यस सिजनको अन्त्यसंंगै सकिदैछ ।
‘पक्कैपनि उमेर भनेको उमेर हो । र शारिरिक रुपमा फरक हुन्छ ।’ ग्वार्डीओलाले भने, ‘उनलाई फिल फोडिन र रहिम स्टर्लिङ भन्दा केही समय चाहिन्छ । तर म आशाबादी छु, उनले यस सिजन सहयोग गर्नेछन् ।’
‘उनलाई घुँडामा पिडा नहोस भन्ने छ । उनले आज राम्रो महशुश गरे । एक वा दुई हप्ता अभ्यास गरेपछि उनी सामान्य अवस्थामा फर्कनेछन् ।’ उनले थपे ।
‘म उनलाई जति सक्दो चाँडो चाहन्छु । उनको गोल गर्ने बेग्लै तरिका छ । हामीले ६ महिना भन्दा बढी उनलाई गुमाईसक्यौ । यो निकै लामो समय हो ।’ ग्वार्डीओलाले भने ।