एजेन्सी । विश्वकप छनोटमा कतारले बंगलादेशलाई हराएको छ ।
विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणमा कतारले बंगलादेशलाई ५–० गोल अन्तरले हराएको हो ।
कतारको जिमा अक्रम अफिफ र अलमोज अलीले समान दुई गोल गरे । अर्को गोल अब्दुलाजीज हेटमले थपे ।

कतारसंगको तयारी स्वरुप बंगलादेशले गत महिनामात्र नेपालसंग दुई मैत्रीपूर्ण म्याच खेलेको थियो ।
पहिलो खेलमा बंगलादेशले नेपाललाई पराजित गरेको थियो भने दोस्रो खेल गोल रहित बराबरीमा सकिएको थियो ।
सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारले गर्दैछ ।
विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १६ अंक बटुलेको छ ।
ओमान १२ अंक सहित दोस्रो, अफगानिस्तान ४ अंक सहित तेस्रो, भारत ३ अंक सहित चौथो र बंगलादेश १ अंक सहित पाँचौ स्थानमा छ ।