एजेन्सी । लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् ।
चोटका कारण आर्नोल्डले नोभेम्बर ८ पछि मैदान उत्रिएका छैनन् । तर, चोटमुक्त हुँदै शुक्रबारबाट आर्नोल्ड प्रशिक्षणमा फर्किएका हुन् ।
मिडफिल्डर नेबि केइटा पनि चोटबाट मुक्त हुँदै टिमको प्रशिक्षणमा फर्किएका छन् ।
आर्नोल्ड र केइटाले प्रिमियर लिग अन्तर्गत आइतबार हुने उल्भ्सविरुद्धको खेल खेल्न सक्ने बताईएको छ ।
यस्तै आर्नोल्ड र केइटा टिममा फर्किएपछि लिभरपुललाई केहि राहत मिलेको छ ।
पछिल्लो समय लिभरपुललाई खेलाडीको चोटले सताएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार आयाक्सविरुद्ध लिभरपुल पहिलो रोजाईका ९ खेलाडीबिना मैदान उत्रिएको थियो ।
चोटका कारण जेम्स मिल्नर, थियागो अल्कान्टारा, एलेक्स च्याम्बरलिन, सेड्रान शाकिरी, एलिसन बेकर टिम बाहिर रहेका छन् ।
यस्तै जोइ गोमेज र भिर्गिल भान डाइकले यस सिजन गुमाउने छन् ।