बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

साफ च्याम्पियनसिप : बलियो बंगालीविरुद्ध गोर्खालीको चुनौती

शुक्रबार, भदौ २२, २०७५सन्जिब कुमार साह
साफ च्याम्पियनसिप : बलियो बंगालीविरुद्ध गोर्खालीको चुनौती
Classic Tech Internet Ad

ढाका । बंगलादेश घरेलु टोली, इतिहास हेर्दा निकै सशक्त टिम । तर, तिनै बंगाली टोलीविरुद्ध नेपालले शनिबार साफ च्याम्पियनसिपको 'गर या मर' को खेल खेल्दैछ ।

नेपाल साफ जित्ने लक्ष्यसहित बंगलादेश आएको थियो । समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानसंग प्रतिस्पर्धा गर्यो । त्यहिँ खेलले नेपाललाई बंगलादेशविरुद्धको खेल चुनौतीपूर्ण बनायो ।

अर्थात्, पाकिस्तानसंगको हार नै नेपाललाई समूह चरण पार गर्न कठिन स्थिति आयो । दोस्रो खेलमा भुटानलाई हराएर सेमिफाइनलको ढोका खोलेको नेपालको लागि बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दबाब भयो ।

बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ७ बजे घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाललाई स्पष्ट जितको आवश्यकता हुनेछ । जसले नेपाललाई सहजै दोस्रो चरणको यात्रा तय गराउनेछ । तर, नेपालको लागि त्यसअघि हुने पाकिस्तान र भुटानबीचको खेल समेत महत्वपूर्ण हुनेछ ।

पाकिस्तान र भुटानबीचको खेल नेपाल अनुकुल हुनपनि सक्छ नहुन पनि । भुटानको पक्षमा नतिजा आए नेपाललाई फाइदा हुनेछ । पाकिस्तानले जिते वा बराबरी भए नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब हुनेछ । यो कुरा नेपाली टोलीले बुझेका छन् । त्यहि अनुसार तयारी गरेका छन् ।

'बंगलादेशविरुद्धको खेल महत्वपूर्ण छ तर, हाम्रो लागि त्यो भन्दा बढी महत्वपूर्ण पहिलो खेल रहेको छ, हामी पर्ख र हेरको स्थितिमा रहेका छौं,' बंगलादेशसंगको खेलअघि  नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भने ।

समूह चरणको दुई खेल सकिदा नेपाल र पाकिस्तानले समान ३/३ अंक जोडेको छ । बंगलादेशको २ खेलबाट ६ अंक रहदा भुटान अंकबिहिन रहेको छ । यस्तोमा बंगलादेश, पाकिस्तान र नेपालको दोस्रो चरण पुग्ने सम्भावना उत्तीकै छ । यद्दपी बंगलादेशलाई दोस्रो चरणमा पुग्न नेपालविरुद्धको खेलमा बराबरीले पुग्नेछ । भुटानको गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।

'भुटानले पाकिस्तानलाई हराउन सके बंगलादेशविरुद्ध बराबरी अथवा हार बेहोरेपनि गोल अन्तरमा नेपाल दोस्रो चरण पुग्नेछ,' सहायक प्रशिक्षक श्रेष्ठले थपे, 'पाकिस्तानले भुटानले हराए नेपाललाई जितको विकल्प छैन ।'

अघिल्ला खेलको तुलना गर्दा भुटानले पाकिस्तानलाई हराउने सम्भावना न्यून रहेको छ । भुटान यस समूहमा निकै कमजोर देखिएको छ । तर, पहिलो खेलको नतिजा जस्तो आएपनि गोर्खाली टिम बंगलादेशलाई हराउने रणनीतिमा मैदान उत्रने सहायक प्रशिक्षक श्रेष्ठको दाबी छ ।

उनले भने, 'बंगलादेश पनि निकै राम्रो टिम हो । तर, हामी खेल जित्ने लक्ष्यमै खेल्नेछौ । हाम्रो टिम राम्रो छ । पहिलो र दोस्रो खेलको प्रदर्शनको आधारमा हाम्रो सम्भावना छ ।'

बिगत हेर्दा बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई कठिन चुनौती देखिन्छ । नेपाल र बंगलादेशबीच हालसम्म १८ खेल भएको छ । जसमा नेपालले मात्र ५ जित निकालेको छ । नेपालले १२ खेल गुमाउदा १ खेल बराबरी गरेको छ ।

यस्तै नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसंग ६ खेल खेलिसकेको छ । साफको ६ भेटमा नेपालले ४ हार बेहोर्दा २ मात्र जित निकालेको छ । नेपालले ४ गोल गर्दा ७ गोल खाएको छ । नेपालले पछिल्लो पटक सन् २०१३ मा घरेलु मैदानमा भएको साफमा बंगलादेशसंग खेलेको थियो । दशरथ रंगशालामा भएको उक्त खेलमा नेपाल २ – ० ले विजयी भएको थियो ।

जारी प्रतियोगितामा बंगलादेशले जबरजस्त प्रदर्शन गरिरहेको छ । निकै चुस्त देखिएको बंगलादेशलाई घरेलु समर्थकको साथ समेत हुनेछ । तर, नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप पुरा गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल कप्तान विराज महर्जन नेपाली टोली कमजोर नरहेको दाबी गर्छन् ।

कप्तान महर्जनले भने, 'नेपाली टिम युवा छ । समर्पण भावले खेलेको छ । सामुहिक खेल प्रतिबद्धता छ । प्राविधिक रुपमा समेत क्रस, सुटिङ र वान टच राम्रो देखिएको छ ।'

यस्तै कप्तान महर्जनले बंगलादेशविरुद्धको खेल जितेरै सेमिफाइनलमा पुग्ने लक्ष्य नेपालले राखेको बताए । 'हाम्रालागि यस खेल ‘गर वा मर’ जस्तै छ । हामीले कुनैपनि हालतमा खेल जित्नैपर्नेछ । भोलीको खेल जितेर सेमिफाईनल खेल्ने लक्ष्य छ,' कप्तान महर्जनले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए