एजेन्सी । सेनेगलका पूर्व मिडफिल्डर पापा बौबा डिओपको निधन भएको छ ।
प्रिमियर लिग क्लब फुलहमका पूर्व मिडफिल्डर समेत रहेका डिओपको ४२ वर्षको उमेरमा निधन भएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिओपको निधन भएको पुष्टि गरेको छ ।
डिओपले सन् २००२ को विश्वकप खेलेका थिए ।
फ्रान्सविरुद्ध भएको विश्वकपको उद्घाटन खेलमा उनले निर्णायक गोल गरेका थिए ।
उनको निर्णयक गोलले सेनेगलले फ्रान्सलाई १-० ले हराएको थियो ।
सेनेगल त्यस विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो ।
उनले सन् २०१३ मा फुटबलबाट सन्यास लिएका थिए ।
डिओपले १ सय २९ प्रिमियर लिग खेलेका थिए ।
फुलहमबाहेक उनले वेस्ट ह्याम र बिर्मिनघम सिटी र पोर्ट्समाउथबाट समेत खेलेका थिए ।