एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले रोमालाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा लोरेन्जो इग्सिग्नेको गोलबाट ३१ औं मिनेटमा नापोलीले अग्रता बनाएको थियो ।
खेलको ६४ औं मिनेटमा फाबियनले गोल गर्दै नापोलीको अग्रता २-० को बनाए ।
८१ औं मिनेटमा ड्रिएस मेर्टेन्सले गोल गर्दा नापोली ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै नापोलीलाई ४-० को फराकिलो जित दिलाए ।
जितसँगै नापोलीले पूर्व महान खेलाडी डिएगो म्यारोडोनालाई श्रदान्जली दिएको थियो ।
अर्जेन्टिनाका पूर्व कप्तान रहेका म्यारोडोनाको गत साता हृदयघातको कारण निधन भएको थियो ।

घरेलु मैदानको जितसँगै नापोलीले ९ खेलमा १७ अंक जोडेको छ ।
नापोली तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
रोमा १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
