एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम १६ को यात्रा तय गरेको हो ।
ओलम्पियाकोसको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे ।
खेलको ३६ औं मिनेटमा फोडेनले सिटीका लागि निर्णायक गोल गरे ।

ओलम्पियाकोसलाई पराजित गरेसँगै सिटीले लगातार चौंथो जित समेत निकाल्यो ।
अपराजित रहेको सिटीले ४ खेलमा १२ अंक जोडेको छ । सिटी समूहको शीर्ष स्थानमा रहेको छ ।
ओलम्पियाकोस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा पोर्टोले मार्सेलीलाई २-० ले हराएको छ ।
पोर्टो ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मार्सेली अंक विहीन रहेर पुछारमा रहेको छ ।