साफ च्याम्पियनसिप : बंगलादेशविरुद्धको खेल अघि नेपाली खेलाडीलाई आराम

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेल अघि नेपाली खेलाडीलाई आराम दिईएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले समुह चरणको अन्तिम खेल अगाडी खेलाडीलाई आराम दिने निर्णय गरेका हुन् ।
नेपालले साफ च्याम्पियनसिपको महत्वपुर्ण खेलमा भोली (शनिबार) बंगलादेशविरुद्ध खेल्दैछ । नेपाललाई अघिल्लो चरण प्रवेश गर्न घरेलु टोली बंगलादेशलाई हराउनु पर्ने चुनौती छ । समुह चरणमा बंगलादेशको २ खेलबाट ६ अंक छ । नेपालको ३ अंक छ ।
बंगलादेशले समुह चरणका सुरुवाती दुई खेलमा भुटान र पाकिस्तानलाई हराएर आफुलाई बलियो प्रतिद्वन्दी सावित गरिसकेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशको खेल अघि नेपाली टिमले कुनैपनि अभ्यास नगर्ने प्रष्ट पारेको छ ।
‘शुक्रबार खेलाडीलाई रिकभरीको समय दिईएको छ ।’ एन्फाले भनेको छ ।
नेपालले समुह चरणको दोस्रो खेलमा हिजो भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


