एजेन्सी । यूइएफ च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे ।
खेलको ११ औं मिनेटमा पेनाल्टीबाट नेयमारले निर्णायक गोल गरेका हुन् ।

लाइपजिगका मार्सलले एन्जल डी मारियालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो ।
जसमा नेयमारले सहजै गोल गरे ।
यस जितसँगै पीएसजीले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
समूह 'एच' को पीएसजीले ४ खेलमा ६ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानमा रहेको छ ।
लाइपजिगको समेत नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
लाइपजिग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।