साफ च्याम्पियनसिप : माल्दिभ्स र श्रीलंका प्रतिस्पर्धा गर्दै
शुक्रबार, भदौ २२, २०७५खेलपाटी संवाददाता

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ ।
शुक्रबार समूह 'बि' मा रहेका उपाधि दाबेदार माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्स र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे सुरु हुनेछ ।
जारी साफमा माल्दिभ्सको यो पहिलो खेल हो । श्रीलंकाविरुद्ध मैदान उत्रदा माल्दिभ्स जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा पराजय बेहोरेको श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा श्रीलंका भारतसंग पराजित भएको थियो । माल्दिभ्सविरुद्धको खेल गुमाए श्रीलंका समूह चरणबाटै बाहिरिनेछ ।
यो समूहमा ३ अंक जोडेको साबिकको बिजेता भारत शीर्ष स्थानमा रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


