साफ च्याम्पियनसिप: बंगलादेशको लगातार दोस्रो जित
बिहिबार, भदौ २१, २०७५खेलपाटी संवाददाता

ढाका । साफ च्याम्पियनसिप फुटबलमा आयोजक बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको दोस्रो खेलमा पाकिस्तानलाई १ - ० ले हराएर बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।
बंगबन्धु रंगशालामा बंगलादेशलाई जित दिलाउन खेलको ८५ औं मिनेटमा टपु बारम्यानले निर्णायक गोल गरे ।
जितसंगै बंगलादेश सेमिफाइनल नजिक पुगेको छ । बंगलादेशले २ खेलबाट ६ अंक जोडेको छ । पाकिस्तानको यो पहिलो हार हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । पाकिस्तानको ३ अंक छ ।
अब बंगलादेशले शनिबार नेपालसंग खेल्नेछ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


