एजेन्सी । साविक विजेता अल्जेरिया सन् २०२२ मा आयोजना हुने अफ्रिका कप अफ नेसन्समा छनोट भएको छ ।
सोमबार राति भएको खेलमा जिम्बावेसँग २-२ गोलको बराबरीमा रोकिएपनि अल्जेरिया अफ्रिका कप अफ नेसन्समा छनोट भएको हो ।
जिम्बावेको मैदानमा एन्डी डेलोर्टले ३३ औं मिनेटमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए ।
३८ औं मिनेटमा रियाद महरेजले गोल गर्दा अल्जेरिया २-० ले अघि रह्यो ।
तर, खेलको ४५ औं मिनेटमा नलेज मुसोनाले गोल गर्दै जिम्बावेलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा प्रिन्स डुबेले गोल गर्दै जिम्बावेलाई २-२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाए ।
जिम्बावेसँग बराबरीमा रोकिएपनि समूह एचको अल्जेरियाले ४ खेलमा १० अंक जोड्यो । अल्जेरिया तालिकाको शीर्ष स्थानमा समेत रहेको छ ।
जिम्बावे ४ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।