एजेन्सी । अर्जेन्टिनाका मिडफिल्डर जेभियर मास्चिरानोले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
३६ वर्षीय मास्चिरानोले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । मलाई अर्जेन्टिनाबाट करियर अन्त्य गर्ने अवसर दिएको म क्लबलाई धन्यवाद दिन चाहन्छु,' मास्चिरानोले भनेका छन् ।
मास्चिरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका छन् ।
बार्सिलोनाबाट आठ वर्ष खेल्दा मास्चिरानोले २ पटक च्याम्पियन्स लिग र ५ ला लिगा उपाधि जितेका थिए । यस्तै पाँच कोपा डेल रे जितेका छन् ।
बार्सिलोनाका लागि उनले ३ सय ३४ खेल खेलेका थिए ।
मास्चिरानोले लिभरपुलबाट सन् २००७ देखि १० सम्म खेलेका थिए ।
त्यसअघि मास्चिरानोले वेस्ट ह्यामबाट एक सिजन खेलेका थिए ।