एजेन्सी । सेनेगल अर्को वर्ष आयोजना हुने अफ्रिका कप अफ नेसन्समा छनोट भएको छ ।
आइतबार राति १० खेलाडीमा सिमित गिनी बिसाउलाई १-० गोल अन्तरले पराजित गर्दै सेनेगलले अफ्रिका कप अफ नेसन्समा स्थान पक्का गरेको हो ।
सेनेगलको जितमा साडियो मानेले निर्णायक गोल गरे । गिनिको मैदानमा भएको खेलको ८२ औं मिनेटमा मानेले निर्णायक गोल गरे ।
त्यस अघि खेलको ६४ औं मिनेटमा बुराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा गिनी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै समूह 'आई' को सेनेगलले ४ खेलमा १२ अंक जोडेको छ । सेनेगल शीर्ष स्थानमा रहेको छ ।
सेनेगलले अझै दुई खेल खेल्न बाँकी रहेको छ ।
गिनी ४ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस समूहमा कंगो ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।