एजेन्सी । इंग्ल्यान्डका पूर्व गोलकिपर रे क्लेमेन्सको निधन भएको छ ।
क्लेमेन्सको आइतबार ७२ वर्षको उमेरमा निधन भएको हो ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले क्लेमेन्सको निधन भएको पुष्टि गरेको छ ।
लिभरपुल र टोटेनहमका पूर्व गोलकिपर समेत रहेका क्लेमेन्सले इंग्ल्यान्डका लागि ६१ खेल खेलेका थिए ।
क्लेमेन्सले तीन युरोपियन कप र पाँच शीर्ष डिभिजन लिग जितेका थिए ।
आफ्नो समयमा क्लेमेन्स महान गोलकिपरको रुपमा रहेका थिए ।