एजेन्सी । स्कटल्याण्डका डिफेन्डर एन्डी रोबर्टसनले नेसन्स लिग अन्तर्गत स्लोभाकियासँगको खेल गुमाउने भएका छन् ।
ह्यामस्ट्रिङ चोटका कारण कप्तान समेत रहेका रोबर्टसनले स्लोभाकियासँगको खेल गुमाउने भएका हुन् ।
लिभरपुलका डिफेन्डर रोबर्टसनले अभ्यासको दौरान चोट बोकेको बताईएको छ ।
स्कटल्याण्डले आज राति स्लोभाकियासँग खेल्नेछ ।
लिग 'बी' समूह २ को स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
स्कटल्याण्डले ४ खेलमा १० अंक जोडेको छ ।