साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको गोल बर्षा, भरतको तेस्रो गोल
बिहिबार, भदौ २१, २०७५खेलपाटी संवाददाता

ढाका । साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले गोल बर्षा गरेको छ ।
पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको छ ।
मैदान छिरेको चौथो मिनेटमै नेपालकालागि भरत खवासले गोल गरेका छन् । मध्य भागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका हुन् ।
नेपालले खेलमा अग्रता २१ औ मिनेटमा अनन्त तामाङको गोलबाट लिएको थियो ।
शुनिल वलको कर्नरमा अनन्तले गोल गरेका थिए । ६९ औ मिनेटमा उनै सुनिलले नेपालको अग्रतालाई दोब्बर पारे । विमल घर्तिमगरले प्रहार गरको पेनाल्टी असफल भएपछि फर्किएको बलमा सुनिल वलले गोल गरेका थिए ।
सेमिफाईनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा पाकिस्तानसंग २–१ ले पराजित भएको थियो ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


